म, अद्यात्म र मेरो समाज
ब्याचलर भ्याएको लगभग १ वर्ष बितिसकेको थियो, म केहि काम परेर फेरी आफुले पढेको कलेज गएको थिए| म तेहा पुगेपछि आफुलाई पडाएको गुरु देखे र नमस्कार गरे| अनि उहाले के गर्दै छौ, के कस्तो छ भन्नु भयो| कुरा चल्दै गयो र पछि उहाले मलाई सोध्नुभयो बाबु तिम्लाई के को दुखः छ र? मैले उहालाई सोधे “किन र सर? तेस्तो त केहि छैन”|
यो प्रश्न मलाई चिन्तित देखेर अथवा कुनै कारण ले सोधिएको थिएन| म एस प्रश्नले खासै चकित पनि थिइन किनकि मैले अद्यात्म तिर लागेर फसेबूकमा ध्यान गरेको, तेस्तै कार्यक्रममा सहभागी भएको र अद्यात्म सम्बन्धित पोस्टहरु गरेको देखेर मलाई हिजो आज धेरै ले एस्तो खाल्को कुरा भन्नु हुन्न्छ, मलाई बडो अचम्म लाग्छ|
अझ ध्यान गरेको कुरा थाहा पायो भने त झन् फलानोको छोरो त पुरै जोगी बनेर हिनेछ भन्ने किसिम को कुरा गर्ने मानिसहरुको पनि हाम्रो समाजमा कमि छैन| हाम्रो समाज को समग्र विचार भनेको धर्म कर्म गर्ने, जप ध्यान गर्ने, भगवान लाई सम्झने भनेको कि त दुखः पर्दा हो, नत्र भने बुढो भएपछि हो भन्ने छ| हिजो भर्खर मात्र मैले एक जना दाइलाइ म पाँच बजेपछि सधै ध्यान गर्न आश्रममा जान्छु भनेको मात्र के थिए उहाले मलाई भन्नु भयो “अद्यात्म तिर लाग्ने भनेको त अब जिन्दगिमा मैले केहि गर्न सकिन, अरु कुरा गर्न मलाई मन छैन, जीवन बाट म हारे भनेर पो लाग्ने हो त! तिमि अहिले नै किन एस्तो कुरामा लागेको”| एती सुनी सके पछि म हासी राखे र केहि पनि बोलिन|
हाम्रो देश नेपालमा हिन्दुहरु को बाहुल्य छ| हामी आफुलाई हिन्दु भन्छौ, दशैं तिहार मान्छौ, तर हामीले धर्म को मर्म कहिलेइ बुजेनौ| हामीले हिन्दुइस्म को फिलोशोपी कहिलेइ बुझ्ने प्रयास गरेनौ| निधार मा रातो टिका लगाउने, नया गाडी किने पछि पूजा गरेर नरिवल फोर्ने र पशु को बिधम्स हत्या गरेर बलि दिने कुरा लाइ नै हिन्दु धर्म हो भनि बुजेउ| यी त हामीले चलाएका चलन हो, खास गरि पशु बलि त झन् धर्म को बिपरित छ|
अज भित्र हेर्ने हो भने अद्यात्म त कुनै धर्म संग सम्बदित छैन, सबै धर्मको मूल प्रेरणा भनेकोनै अद्यात्म हो| मान्छे अध्यात्मिक हुनु भनेको धार्मिक हुनु हो र मान्छे धार्मिक भए पछि अहिंसा को भावना आउदैन, अरु प्रति करुणाको भाव जाग्छ| अहिलेको युगमा मानब जातिका लागि सबै भन्दा महत्तोपूर्ण आबसेकता भनेको नै यिनै कुराहरु हुन्| तेसैले हामीले अध्यात्मको मूल अर्थ बुज्ने प्रयास गर्नु पर्छ र येस्को बारेमा जसरि अहिले लिन्छौ तेस्लाई बदल्नु पर्छ|
मैले अध्यात्म यात्रा सुरु गरेको अहिले लगभग ३ वर्ष जति भएको छ| ध्यान गरेर के पाइन्च र? भन्ने प्रश्न गर्ने धेरै हुन्छन| येस वर्षहरुमा म धेरै गुरुहरुकोमा गए र धेरै ध्यानका बिधिहरु सिके जस्तै “आर्ट अफ लिविंग को सुधर्सन क्रिया”, “ट्रांसीडेन्टल मेदीतेशन”, “बिपासना” र ओशो का ध्यानहरु| यिनी हरु मध्ये सबै राम्रो र प्रभाबकारी छन्| तर कुरा आफुलाई कुन ले छुन्छ भन्ने मात्र हो, म अहिले ओशो को ध्यान हरु धेरै गर्छु| आफ्नो खाली समय ओशोको कुरा हरु सुनेर बिताउने गर्छु|
म पोखरा-लेखनाथ को पचाभैयोको “धम्मा पोखरा” भन्ने ठाउमा बिपासना ध्यान गर्न जादा तेहा ध्यान गर्ने ३८ साधकहरु मध्य हामी ३ जना मात्र नेपाली थियेउ| दुखको कुरा हामी बुद्ध नेपालमा जन्मेका हुन् भेनर धेरै गर्ब गर्छौ तर अप्सोस हामीलाई बुद्धको सबै भन्दा ठुलो उपहारको बारेमा अनबिज्ञ छौ| अहिले बुद्धको बिपासना ध्यान गर्न युरोप र अमेरिका बाट धेरै मानिसहरु आउने गर्छन| बिपासना मात्र हैन अहिले त “मेडीतेशन एंड योगा” भनेर कुनै ठाउमा राख्यो भने मात्र पनि बिदेशीहरु आकर्षित हुने गर्छन|
युरोप र अमेरिका जस्ता बिकसित मुलुक जहाँ कुनै भौतिक कुराहरुको कमि छैन तेहाबाट मानिसहरु ध्यान गर्ने मनासयेले नेपाल र भारत जस्ता देशहरु आउने गर्दछन्| यो बाट पनि हामीले सिक्न सक्छौ कि खाली भौतिक कुराहरुले मात्र पनि हामी पुरा हुन सक्दैनम| हामी पुरा हुन त आफुले आफुलाई जान्नु पर्छ र यो नै अध्यात्मको मूल आधार हो|
बिकसित देशहरुका मानिसहरु भौतिक सुख सुबिधा ले नपुगेर अध्यात्मको खोजीमा लागि परेका छन भने हामी त बिकाशको कुरामा उनीहरु भन्दा धेरै पछाडी छौ| भोको पेटमा गौतम बुद्ध ले पनि ध्यान गर्न सकेका थिएनन्| हामीले कुनै दिन बिकाश निर्माण र भौतिक पुर्बधारहरु को चरम सिमामा पुगे पनि सन्तोषको लागि यिनीहरु पर्याप्त हुने छैनन् र त्यो पछिको मार्ग भनेकोनै अध्यात्म हो|