Sudeep's Blog

रत्न पार्कमा औठी बेच्न बसेका ति मानिस

(सेतोपाती मा प्रकाशित) प्रकाशित मिति: मङ्गलबार, मंसिर १२, २०७४ ०९:२१:१२

मंसिर महिनाको ८ गतेको दिन थियो, दिन भर ल्यापटपमा काम गरे पछि बेलुका ५ बजे तिर सरिर तन्काउन पर्यो भनेर म होस्टेल बाट निस्किए| म पुतलीसडक बाट बागबजार हुदै घण्टा घर भएर जादै थिए, बाटोमा माछापुछ्रे बैंकको ATM देखे | तेस पछि मैले होस्टेलमा तिर्ने पैसा निकाल्ने निर्णय गरे|

त्यो बेलामा होस्टेल मा महिनाको ११ हजार रुपैया तिर्नु पर्ने थियो| आम्दानी खासै न भएकोले गर्दा यो धेरै ठुलो रकम थियो, तेस माथिपनि आफैले दुख गरेर कमाएको पैसा ATM बाट स्वात्तै घटेको देख्दा मन चसक्क हुदो रहेछ|

म ATM बाट बाहिर निस्किएर ४/५ पाइला हिडेपछि आकाशे पूल नेरी बसेका एक बेक्तीले मलाई बोलाए:

“भाई साहेब आपका नाम तो बताओ”

ति मानिस नेपाली खासै बोल्न सक्दैनथे भन्ने मैले अनुमान गरे, तर नेपाली फाट्ट-फुट्ट बुझ्न चाही सक्थे, कालो बर्ण, सेतो दात हास्दा खेरि पुरै दातको गीजामा सुर्तीको कालो घेरा| उनि नेपाली त होइनन, मैले अड्कल काटे|

म नसुने जसरि आफ्नै पाईला चाल्दै थिए उनले फेरी हात लम्क्याउदै भने:

“हात तो मिलाओ, हात मिलानेसे क्या होगा?”

एती भने पछि मैले हात मिलाए, उनले मेरो बाया हातमा औठी देखे र हात मिलाए पछि दाया हात छोड्दै छोडेनन्| उनले मेरो नाम सोधे मैले “सुदीप” भने तर २/३ पटक भन्दा पनि उनले उचारण गर्न सकेनन| तेस पछि उनले मेरो हत्केला हेरेर भन्ने थाले|

“मन ले आटेको केहि पुग्दैन "

“आफ्नो खाने मात्रै धेरै छन् खुवाउने कोइ छैनन्”

“सनिबार दरि कपाल नकात्नुस”

मत यो सबै उनले भन्दा Mobile चलाउदै थिए, उनलाई मैले तेती चासो दिईन| तर मेरो हात नै उनले समातेका थिए, तेस पछि मैले Mobile खल्ती मा राखे| रत्न पार्कमा त्यो दिने मैले हूद र मास्क लगाएर लखर लखर हिडी रहेको थिए, सायद येही भएर उनले यी कुरा हरु अनुमान गरेका होलान|

मलाई उनले एक छिन् हेरे पछि फेरी राशी सोधे :

“मकर, धनि, सिङ्ग राशी कुन हो?” मैले मकर हो भने |

“कितने बर्स का हो? २२,२३, २४?” मैले २५ भने |

एती भने पछि उनले बाकस बाट ३/४ ओटा औठी निकाले र कुन चै लगाईदिम भने, मैले केहि पनि बोलिन, हासेर मात्र बसे| मेरो हात उनले समाते र औता औठी दाया हात को साहिली औलामा लगाई दिए र फाक-फुक गरे मन्त्र पढेर | म अध्यात्म मा लागेको मान्छे, तेस्तो औठी लगाएर फुकेर मात्र पढेको मलाई चित्त बुजेन|

मैले त्यो औठी लगाई दिदै गर्दा “म संग पैसा छैन?” भनेको थिए| उनले पैसा कुनै ठुलो कुरा होइन भन्दै लगाई दिए| “पैसा ठुलो कुरो नभएको भए नेपाल आएर येसरी रत्न पार्क मा धुवा धुलो खादै औठी बेचेर को बस्थ्यो| सबै पैसाका लागि त होनी”, मैले सोचे|

औठी लगाए पछि उनले मलाई यो ११ दिन सम्म नखोल भने | तर मलाई सुरु बाटै यो कुरा ठिक नलागेको ले गर्दा औठी निकाल्न प्रयास गरे, मैले म संग पैसा छैन भन्दा उनले पैसा नदिए नि हुन्छ भने| मैले “म जाम त पैसा नदिकन भने” उनले हुन्छ जाउ भने|

मैले तेस पछि २० रुपैया दिन्छु भने, उनले ५० त देउ भने, मैले हुन्न भने| औठी निकाल्ने प्रयास गर्दा पनि औठी सानो भएकोले निकलिएन, तेस पछि मैले फेरी म २० रुपैया दिन्छु भने उनले “२०० त देउ गरिब मान्छेलाइ” भने |

तेस पछि उनले आफैले म औठी निकालदिन्छु भने र निकालदिए, तेस पछि म आफ्नो होस्टेल तिर लागे |

र अब प्रश्न के रहन्छ भने,

“के मैले २० रुपैया पनि नपर्नी औठी लाइ २०० मा किन्नु पर्थ्यो ?”

“के उनि साचै गरिब हुन्? के मैले उनलाई साचै पैसा दिनु पर्थ्यो ?”

“के मैले सहि गरे या गलत ?”