Sudeep's Blog

नेपालीको आत्मनिर्भरता छेपाराको उखान

अहिले भारतले गरेको नाकाबन्दीको कारणले गर्दा धेरै कुराहरू भएका छन् | कतै देश भक्ति उम्लिएको छ भने कतै भारतलाई गाली गलैजाहरू गरेको पनि सुन्न पाइन्छ| अर्को यौटा धेरै सुनिएको कुरा भनेको अब आत्मनिर्भर बन्नुपर्छ भन्ने हो| यो आजकल धेरै सुनिन्छ| पौष माघको ठण्डीमा यौटा छेपाराले दिउसो घाम ताप्दा राति जाडो भएर थुर - थुर कामेको पनि बिर्सन्छ |

जब बेलुका हुदै जान्छ तब उसलाई जाडो हुदै जान्छ, राति उसलाई धेरै जाडो हुन्छ, उसले बेलुका ठुलो प्रण गर्छ कि भोलि बिहान हुने बित्तिकै बिहानैबाट दाउरा खोजेर भोलि त राती आगो बालेर ताप्छु | तर जब बिहान हुन्छ उ बिहानी पखको घाममा लिप्त हुन्छ अनि सबै बेलुकाको पीर बेथा भुली जान्छ | येसरी छेपाराको उखान हामी नेपालीले सानै देखि सुन्दै आएका हौ |

अहिलेको नेपालीको आत्मनिर्भरता पनि छेपाराकै उखान हुनेछ | भोलि चीनबाट बाटो खुलेर पेट्रोल आउला अथवा भारतको स्वार्थ पुरा भएपछी भारतबाट नई पेट्रोल आउला तेस पछि आत्मनिर्भरता भन्ने सुन्न पाइने छैन र एसको कसैलाई मतलब हुने छैन| येदी आत्मनिर्भरताको बाटोमा जानु नै थियो भने हामी माथि पहिलेनै दुइ पटक सम्म नाकाबन्दी भैसकेको थियो |

हामिले तेती खेरबाट नै आत्मनिर्भरता को बाटोमा देशलाई लानु पर्ने थियो | तर तेसो हुन सकेन किन कि हामी पेट्रोल, ग्यास र अरु अत्याबसेक कुरा भारत र चिन बाट आउदा मस्त थियेउ र फेरि पनि तेही हुनेछ |

अब कुरा बिहान भए पछी दाउरा खोज्नेकि बिहानको घाम मा लिप्त भएर बेलुका को ठण्डी लाई बिर्सेर “देखाजायेगा” भनेर बस्ने?